• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

एकै दिन ९८४१ निको भए, ९६ को मृत्यु

  • खबरदाता

एकै दिन ९८४१ निको भए, ९६ को मृत्यु

जेष्ठ १४ ,२०७८

चितवन । आज एकै दिनमा ९८४१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख २८ हजार ६७० रहेको छ । यो ७८।१ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ६९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

देश भर १९३१३ को पिसिआर परिक्षण गर्दा ६८५५ र ७९७ जनाको एन्टिजेन परिक्षण गर्दा ९६ जना गरि कुल ६९५१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १४० र उपत्यका २३२४ जना रहेका छन्।

आज चितवनमा २ सहित थप ९६ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७०४७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८०९ रहेकोछ ।

  • प्रकाशित मिति : जेठ १४, २०७८, शुक्रवार १०:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८