जेष्ठ १२,२०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमै खालीभएका सिलिन्डरहरु फिर्ता गर्न सबैमा अनुरोध गरेको छ ।
बुधबार एक पिज्ञप्ति प्रकाशित गर्दै भनिएको छ , अक्सिजनका खाली सिलिन्डरहरु समयमै सम्बन्धित कम्पनीमा भर्नका लागि फिर्ता नपुग्ने पाइएकोले यस बारेमा सबैले सचेत रहि सहयो गरिदिन अनुरोध गरिन्छ ।
सिलिन्डर फिर्ता गए पनि जुन कम्पनीको हो सोही कम्पनीमा नगएको भन्ने जानकारी आएकोले जुन कम्पनीको हो सोही कम्पनीमा भर्न पुर्याउन प्रयोग कर्तालाई अनुरोध गरेको छ । यदि समयमा अक्सिजन सिलिन्डर भरिएन भने भोलीका दिनमा कुनै पनि बेला समस्या आउन सक्छ , मन्त्रालयका सह( प्रबक्ता डा। समिरकुमार अधिकारीले भनेका छन।
अहिले देशका दुरदराजमा धेरै सिलिन्डर खाली अबस्थामा रहेको र समयमै अस्पतालहरुमा नआइपुगेको अबस्थामा भोलि झन जटिलता आउन सक्छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८