जेष्ठ १२ ,२०७८
चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ८२४ जनाको पिसिआर परिक्षण गर्दा १७५ र ६७१एन्टिजेन परिक्षा गर्दा ३१ जना गरि २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १४४ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा ३ ,माडि नगरपालिकामा २३ ,रत्ननगरमा २९ ,राप्तीमा ९ , कालिकामा १५ र इच्छाकामनामा २ गरि थप २०६ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनका विभिन्न अस्पतालमा २१५ जनाको आइसियुमा , ६० जनाको भेन्टिलेटरमा र ३९ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४९२६ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका १४ जना मध्ये चितवनका ४ ,बारा १, नवलपरासी २, दाङ २, मकवानपुर २, कपिलवस्तु १ , महोत्तरी १ र रुपन्देहीमा १ जना रहेका छन।
आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा ३ र चितवन मेडिकल कलेजमा ५ ,पुरानो मेडिकल कलेजमा ३, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल २ र रत्ननगरको होम आइसोलेसनका १ जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या २१० जना पुगेको छ । आज चितवनमा थप ५० जनाले कोरोना जितेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८