• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा कोरोनाबाट मृत्यु हुने दुई सय नाघे

  • खबरदाता

चितवनमा कोरोनाबाट मृत्यु हुने दुई सय नाघे

जेष्ठ ११ ,२०७८

चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ५८५ जनाको पिसिआर परिक्षण गर्दा ८५ र ६३ एन्टिजेन परिक्षा गर्दा २१ जना गरि १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ७४ जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा २ ,माडि नगरपालिकामा ४ ,रत्ननगरमा ७ ,राप्तीमा ५ र कालिकामा १४ गरि थप १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका विभिन्न अस्पतालमा २०४ जनाको आइसियुमा , ५३ जनाको भेन्टिलेटरमा र ६३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४८३४ जना रहेका छन।

चितवनका  अस्पतालमा मृत्यु भएका १३ जना मध्ये चितवनका ७ ,बारा २, गोरखाका १,नवलपरासी १ र रुपन्देही २ जना रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा ४ र चितवन मेडिकल कलेजमा ४,पुरानो मेडिकल कलेजमा ३ जना र भरतपुर र रत्ननगरका होम आइसोलेसनका २ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २०६ जना पुगेको छ । आज चितवनमा थप ५५ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ ११, २०७८, मंगलवार ११:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८