जेष्ठ ९ ,२०७८
चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ३३० जनाको पिसिआर परिक्षण गर्दा ४९ र ३० एन्टिजेन परिक्षा गर्दा २ जना गरि ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ११ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३४ जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा ५ ,माडि नगरपालिकामा १,रत्ननगरमा ३ ,राप्तीमा ४ ,कालिकामा २ र इच्छाकामनामा २ गरि थप ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनका विभिन्न अस्पतालमा २४५ जनाको आइसियुमा , ६६ जनाको भेन्टिलेटरमा र ६५ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४७१३ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका ११ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ४,धादिङ १,गोरखा १,दाङ १, नवलपरासी १, सिमरा १,रौतहट १ र कपिलवस्तु १ जना रहेका छन।
आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा ५ र चितवन मेडिकल कलेजमा ६ जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या १९८ पुगेको छ । आज चितवनमा थप ४४ जनाले कोरोना जितेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८