• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

चितवन : ७२१ परिक्षण गर्दा १४१ मा कोरोना पुष्टि

  • खबरदाता

चितवन : ७२१ परिक्षण गर्दा १४१ मा कोरोना पुष्टि

जेष्ठ ८ ,२०७८

चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ६७७ जनाको पिसिआर परिक्षण गर्दा १२९ र ४४ एन्टिजेन परिक्षा गर्दा १२ जना गरि १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ११ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११० जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा ६ ,माडि नगरपालिकामा ५,रत्ननगरमा ८ ,राप्तीमा ४ ,कालिकामा ६ च इच्छाकामनामा २ गरि थप १४१ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका विभिन्न अस्पतालमा २५२ जनाको आइसियुमा , ५९ जनाको भेन्टिलेटरमा र ६० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४७३१ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका ९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ६, नवलपरासी १, गोरखा १,रौतहट १ र रुपन्देही २ जना रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा १ ,चितवन मेडिकल कलेजमा ४, पुरानो मेडिकल कलेजमा ३, बिप कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १,अन्य अस्पतालमा १ जना र भरतपुरमै होम आइसोलेसनम रहेका १ जना छन।

यो सगै चितवनमा कुल मृतकको संख्या १९५ पुगेको छ । आज चितवनमा थप ५७ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ ८, २०७८, शनिवार १०:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८