जेष्ठ ५,२०७८
चितवन । आज जिल्लामा ७८८ नमूनाको परिक्षण गर्दा थप २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप २० जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १७२ जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा १४ ,माडि नगरपालिकामा ९,रत्ननगरमा २१,राप्तीमा ११, कालिकामा ५ र इच्छाकामनकमा ३ गरि थप २३५ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनका विभिन्न अस्पतालमा २६० जनाको आइसियुमा , ५९ जनाको भेन्टिलेटरमा र ९६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४३८९ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका २० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ६ जना , कपिलवस्तु २,धनुषा १,नवलपरासी ५,रुपन्देही २, तनहुँ १,दाङ १,धनुषा १ र गुल्मीका १ जना रहेका छन।
आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा ७ ,चितवन मेडिकल कलेजमा ५, पुरानो मेडिकल कलेजमा ५ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३ जना जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या १८२ पुगेको छ ।
आज चितवनमा थप ५१ जनाले कोरोना जितेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८