जेष्ठ ४,२०७८
चितवन । आज एकै दिनमा ६८९१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । यो ७४ दशमलव ६ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ८२०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
देश भर २०२८६ को पिसिआर परिक्षण गर्दा ८१३६ र ६९३ जनाको एन्टिजेन परिक्षण गर्दा ६७ जना गरि कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २४९ र उपत्यका २६३५ जना रहेका छन्।
आज चितवनमा ९ सहित थप १९६ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५४११ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७५२ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८