चितवनमा ८६७ परिक्षण गर्दा २४९ संक्रमीत

  • खबरदाता
  • जेठ ०४, २०७८

जेष्ठ ४,२०७८

चितवन । मंगलबार जिल्लामा ८६७ नमूनाको परिक्षण गर्दा थप २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १९२ जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा ७ ,माडि नगरपालिकामा १२,रत्ननगरमा १२ ,राप्तीमा २, कालिकामा १३ र इच्छाकामनकमा ११ गरि थप २४९ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका विभिन्न अस्पतालमा २५३ जनाको आइसियुमा , ५२ जनाको भेन्टिलेटरमा र ९६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४२३४ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका ९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ३ जना , कपिलवस्तु १,धनुषा १,कावासोती १,गोरखा १ र पोखराका १ जना रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा २ ,चितवन मेडिकल कलेजमा २ , पुरानो मेडिकल कलेजमा ३ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जना जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या १७६ पुगेको छ ।
आज चितवनमा थप ३१ जनाले कोरोना जितेका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८