वैशाखमा मात्रै चितवनमा ४ हजार संक्रमीत थपिए

  • जेठ ०१, २०७८

जेष्ठ १,२०७८ – केपी शर्मा
बैशाख महिनामा मात्रै चितवनमा करिब चार हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बैशाख १ गते सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार १० थियो। बैशाखको अन्तिममा आउँदा यो संख्या बढेर १० हजार ९८७ मा पुगेको छ ।अर्थात एक महिना अबधिमा ३ हजार ९७७ जना नयाँ संक्रमीत थपिएका हुन।

बैशाख १ गते जम्मा १८ जना नयाँ संक्रमीत थपिएको जिल्लामा ३१ गते एकैदिन ३५२ जना थपिएका थिए।यो सहित जिल्लामा कोरोना संक्रमितको संख्या १० हजार ९८७ पुगेको हो।

यो एक महिनाको अबधिमा जिल्लामा ४५ जना चितवनबासीले कोरोना भाइरसबाट ज्यान गुमाएका छन। बैशाखको १ गते जिल्लामा मृत्यु हुनेको संख्या ११२ थियो । तर बैशाखकै ३१ गते यो संख्या बढेर १५७ मा पुग्यो । अर्थात यो अबधिमा ४५ जनाले कोरोना भाइरसबाट ज्यान गुमाए ।

यो अबधिमा सबै भन्दा धेरै भरतपुर महानगर पालिकामा ३२३४ जना थपिए। जसमा महिला १५४० र पुरुष १६९४ रहेका छन। यस्तै खैरहनिमा ५७ महिला र ८१पुरुष गरि १३८ जना ,माडिमा ३९ महिला र ४७ पुरुष गरि ८६ जना ,रत्ननगरमा १२९ महिला र १५८ पुरुष गरि २८७ जना थपिए ।
अहिले जिल्लामा विभिन्न अस्पतालमा २५४ जनाको आइसियुमा उपचार भइरहेको छ भने ५२ जना भेन्टिलेटरमा र ८७ जना एचडियुमा छन।

यो महिना मृत्यु हुने ४५ मध्ये भरतपुर महानगर पालिका भित्रका २९ जना रहेका छन। माडिका ४,रत्ननगरका ५ ,राप्तीका ४,कालिकाका २ र इच्छाकामनाका १ जना समेतले बैशाख महिनामा कोरोनाबाट ज्यान गुमाए।

यस्तै राप्तीमा ५२ महिला र ४३ पुरुष गरि ९५ जना ,कालिकामा ४१ महिला र १३७ पुरुष गरि १७८ जना र इच्छाकामनामा ६ महिला र २० पुरुष गरि २६ जना संक्रमीत थपिएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ।

वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्। वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो। सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ। एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन्।

वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना सङ्क्रमित भएकामा ३१ गते एकैदिन सङ्क्रमितको सङ्ख्या आठ हजार ५२० पुगेको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ३९ हजार ६५८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पिसिआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने आज सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ। वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ।

वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ। कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ। उक्त सङ्ख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो। पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ सङ्क्रमित निको भएर घर फर्किएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ। वैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त सङ्ख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ।

  • प्रकाशित मिति:जेठ ०१, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८