आज ६ हजार बढी निको , २०३ को मृत्यु

  • खबरदाता
  • बैशाख ३१, २०७८

वैशाख ३१,२०७८

चितवन । शुक्रबार ६१६५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख २७ हजार ६५३ रहेको छ । यो ७४ दशमलव ५ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ८५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

देश भर २०९४८ को पिसिआर परिक्षण गर्दा ८४६७ र ५३० जनाको एन्टिजेन परिक्षण गर्दा ५३ जना गरि कुल ८५२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ३५२ र उपत्यका ३३४७ जना रहेका छन्।

आज थप २०३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४६६९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५१६ छ ।

  • खबरदाता
  • प्रकाशित मिति:बैशाख ३१, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८