बैशाख ३१,२०७८
चितवन । शुक्रबार जिल्लामा थप ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप ८ जनाले कोरोना संक्रमितहरुको ज्यान गएको छ ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा २६९ जना संक्रमीत थपिए भने माडि नगरपालिकामा ८ , खैरहनि १३ ,रत्ननगरमा २४ ,राप्तीमा १० ,कालिकामा २६ र इच्छाकामनामा २ गरि थप ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनका विभिन्न अस्पतालमा २५४ जनाको आइसियुमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ३५९६ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका ८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ३ जना , नवलपरासीका १,कंचनपुर १,कपिलवस्तु १,रुपन्देही १ र बुटवलका १ जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या १५७ पुगेको छ ।आज चितवनमा थप ५८ जनाले कोरोना जितेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८