चितवनमा १०० संक्रमीत थपिए

  • खबरदाता
  • बैशाख ३१, २०७८

बैशाख ३१,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४४ पुरुष ४१ महिला गरि ८५ जना रहेका छन । यस्तै रत्ननगरका ३ र ५ महिला , माडिका १ १ महिला,राप्तीका १ पुरुष , र कालिकाका ४ पुरुष र १ महिला समेत गरि चितवनका मात्रै १०० जना रहेका छन।

गैंडाकोटका ४ महिला ४ पुरुष गरि नवलपरासीका ८ जना ,र अन्य ९ जना धनुषा , तुपन्देही , रौतहट , कपिलवस्तु , पर्बत र गोरखाका रहेका छन।

संक्रमितहरु २ बर्ष ५ महीना देखि ८१ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका २९२ नमूनाको मंगलबार गरिएको परिक्षणमा १२१ पोजेटिभ र १७२ वटाको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८