• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा २५६ जनाको आइसियुमा उपचार हुदै

  • खबरदाता

चितवनमा २५६ जनाको आइसियुमा उपचार हुदै

बैशाख ३०,२०७८

चितवन । चितवनमा आज थप २०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा १६८ जना संक्रमीत थपिए भने माडिका नगरपालिकामा ५ , खैरहनि १५ ,रत्ननगरमा १० ,राप्तीमा ५ ,कालिकामा ४ र इच्छाकामनामा १ गरि थप २०८ जनामा संक्रमण देखिएको जनाइ एको छ ।

चितवनका विभिन्न अस्पतालमा २५६ जनाको आइसियुमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ३२९९ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका ८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ३ जना , रुपन्देहीका २ , तनहुँ १,कपिलवस्तु १, र राप्ती नगरपालिकामा होम आइसोलेसनमा रहेका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या १५४ पुगेको छ ।
आज चितवनमा थप ५० जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : वैशाख ३०, २०७८, बिहीवार १०:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८