वैशाख २८,२०७८
चितवन । पछिल्लो एक दिनमा ५२२५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख १२ हजार १९ रहेको छ । यो ७५ दशमलव ५ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ९४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।
देश भर २०५९६ जनाको पिसिआर परिक्षण र ७२० जनाको एन्टिजेन परिक्षण गर्दा ९४८३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २७४ जना रहेका छन् भने उपत्यकामा ३९२७ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थप २२५ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४०८४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ४४८ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८