बैशाख २८,२०७८
चितवन । चितवनमा आज थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका अस्पतालमा थप १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा २०६ जना संक्रमीत थपिए भने माडिका नगरपालिकामा ५ , खैरहनि १२ ,रत्ननगरमा १८ ,राप्तीमा ७ ,कालिकामा १० र इच्छाकामनामा २ गरि थप २७४ जनामा संक्रमण देखिएको जनाइ एको छ ।
चितवनका विभिन्न अस्पताल २४० जनाको आइसियुमा र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २९०९ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा र होम आइसोलेसनमा रहेका १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ३ जना ,रुपन्देहीका २ जना ,नवलपरासीका १,कपिलवस्तु १,गोरखा १,तनहुँ १ र भरतपुरमा होम आइसोलेसनमा रहेका १ समेत गरि १० जना रह्का छन।
यो सगै चितवनमा कुल मृतकको संख्या १४५ पुगेको छ । आज चितवनमा थप ४४ जनाले कोरोना जितेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८