बैशाख २८,२०७८
चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४१ पुरुष ३७ महिला गरि ७८ जना रहेका छन । यस्तै रत्ननगरका ३ महिला ४ पुरुष ,खैरहनिका १ पुरुष ,कालिकाका १ महिला , माडिका १ , राप्तीका १ महिला र पुरुष र इच्छाकामनाका १ पुरुष समेत गरि चितवनका मात्रै ९० जना रहेका छन।
गैंडाकोटका १० महिला ९ पुरुष गरि नवलपरासीका १३ जना ,र अन्य ३२ जना गोरखा , तनहु ,रौतहट,सर्लाही , महोत्तरी र लमजुङका रहेका छन।
संक्रमितहरु ८ महिना देखि ७९ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालबाट संकलन गरिएका २३४ नमूनाको सोमबार गरिएको परिक्षणमा १३५ पोजेटिभ र ९९ वटाको रिपोर्ट नेगेटिभ आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८