प्राईम बैँकको भरतपुर शाखामा आगलागी

  • खबरदाता
  • बैशाख २७, २०७८

 

बैशाख २७,२०७८

चितवन । चितवनको स्थिति भरतपुरको चौबीसकोठिमा रहेको प्राईम कमर्सियल बैँकमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सरोज गिरीका अनुसार बिजुली सर्ट भई एक्कासी आगलागि भएको हो ।

सोमबार साझ ५स्३० बजे आगो लागेको थियो।
आगलागीको खवर पाउनासाथ प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोली, कालि बहादुर गण भरतपुरको नेपाली सेनाको टोली र भरतपुर महानगरपालिकाको दम्कलको सहायतामा पूर्ण रुपमा नियन्त्रणमा आएको गिरीले बताउनुभयो ।

उक्त बैंकको काउन्टरमा रहेको कम्पयुटर , प्रिन्टर लगायत फर्निचर लगायतका सामानहरु पुर्ण रुपमा जलेको, र क्षतीको पुर्ण बिवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन प्रहरीलाई करिब एक घन्टा लागेको थियो।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८