बैशाख २५,२०७८
चितवन । चितवनमा निषेधाज्ञा उलंघन गर्नेबाट प्रहरीले १ लाख भन्दा बढी जरिवाना बापतको राजस्व संकलन गरेको छ ।
सनिवार बिना इजाजत सवारी साधन चलाइ निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले २५३ दुई पाङ्ग्रे ९ मोटरसाइकल र साइकल० र अन्य ३०समेत गरि २८३ सवारी साधनलाई कार्बाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक सरोज गिरिले दिएको जानकारी अनुसार २८३ सवारी साधनलाई होल्डिङ सेन्टरमा राखि कार्बाही गरिएको हो । यस्तै बिना अनुमती र बिना मास्क हिड्ने १८५ पुरुष र १४३ महिलालाई समेत होल्डमा राखिएको हो। तोकिएको समय भन्दा बढी समय खोल्ने १२ पसललाई समेत प्रहरीले कार्बाही गरिएको छ ।
कार्बाही गरिएका सवारी साधनबाट प्रहरीले १ लाख ४ सय रुपैयाँ जरिवाना पनि असुलउपर गरेको छ । यसै गरि पसलहरुबाट ५८०० गरि जम्म १ लाख ६ हजार २ सय रुपैयाँ समेत असुल उपर गरेको जनाइएको छ ।
नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएका सबै सवारी साधनलाई साझ २४ घन्टा पछीमात्र छाडिने प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८