• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

चितवनमा २०२ संक्रमीत थपिए, ७ को मृत्यु

  • खबरदाता

चितवनमा २०२ संक्रमीत थपिए, ७ को मृत्यु

 

बैशाख २३,२०७८

चितवन । चितवनमा आज थप २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप ७ जनाले कोरोनाका कारण ज्यान गुमाउन पुगे।

स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकाका १५७ जना संक्रमीत थपिएका हुन । यस्तै खैरहनि नगरपालिकाका १२,माडिका १,रत्ननगरका २०, राप्तीका ५ , कालिका नगरपालिकाका ३ र एन्टिजेन परिक्षणबाट थप ५ जना गरि २०३ थपिएका हुन।

चितवनका विभिन्न अस्पतालमा ४९ जनाको आइसियुमा र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । चितवनमा सक्रिय संक्रमीत १७९७ जना रहेका छन।

आज मृत्यु हुनेमा रुपन्देही ,नवलपरासी र तनहुँका १/१ गरि ३ जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएलो हो। यस्तै पुरानो मेडिकल कलेजमा स्याङ्जा र बिरगंजका १/१ जनाले ज्यान गुमाए । होम आइसोलेसनमा बसेका भरतपुर र माडिका १/१ जनाले पनि ज्यान गुमएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा मृत्यु हुनेको संख्या १२४ पुगेको छ ।

  • प्रकाशित मिति : वैशाख २३, २०७८, बिहीवार १०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८