• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

चितवनमा थप ८८ जनामा कोरोना पुष्टि

  • खबरदाता

चितवनमा थप ८८ जनामा कोरोना पुष्टि

बैशाख २३,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका २८ पुरुष ३० महिला गरि ५८ जना रहेका छन । यस्तै रत्ननगरका २ महिला ५ पुरुष ,खैरहनिका २ पुरुष १ महिला र कालिकाका ३ पुरुष गरि चितवनका ७१ जना रहेका छन।

गैंडाकोटका १ महिला ४ पुरुष , कावासोती १ महिला ३ पुरुष भने बाकी ८ जना गोरखा ,तनहुँ , पर्बत , पर्साका रह्का छन।

संक्रमितहरु २ देखि ८० बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका २०० नमूनाको मंगलबार गरिएको परिक्षणमा ११२ वटा नेगेटिभ र ८८ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : वैशाख २३, २०७८, बिहीवार ०१:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८