• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनका ६६ सहित थप ८४ जना संक्रमीत

  • खवरदाता

चितवनका ६६ सहित थप ८४ जना संक्रमीत

बैशाख २०,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका भित्रका ३४ पुरुष र २८ महिला गरि ६२ जना रहेका छन । यस्तै रत्ननगरका २ महिला, खैरहनी र कालिकाका १÷१ महिलागरि चितवनका ६६ जना रहेका छन ।

गैंडाकोटका ६ महिला र ५ पुरुष, होम्सीकोटका १ महिला र बर्दघाटका १ पुरुष संक्रमीत भएका हुन ।
गोरखा, लमजुङ्ग, मकवानपुर, कास्की र रौतहटका २ महिला र ३ पुरुषको सहितगरि ८४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरु ९ देखि ८८ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका २१५ नमूनाको आईतवार गरिएको परिक्षणमा १३१ वटा नेगेटिभ र ८४ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : वैशाख २०, २०७८, सोमवार ०४:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८