• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

रेकर्ड ब्रेक ,एकै दिन ५७६३ जना थपिए

  • खबरदाता

रेकर्ड ब्रेक ,एकै दिन ५७६३ जना थपिए

वैशाख १८,२०७८

चितवन । पछिल्लो एक दिनमा १२८७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८२ हजार ३८२ रहेको छ । यो ८५ दशमलव ९ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ५७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख २८ हजार ९९३ पुगेको छ ।

देश भर १४४०३ जनाको पिसिआर परिक्षण गर्दा ५७०६ र ५६६ जनाको एन्टिजेन परिक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १६० र काठमाडौं उपत्यकाका२४९५ जना रहेका छन् ।

आज थप १९ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार २९८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६७ छ ।
गत बर्ष एकै दिन ५७४३ जनामा संक्रमण भएको थियो। आज त्यो संख्यामा २० जना बढ्दा ५७६३ जना पुग्दै अहिले सम्मकै उच्च भएको हो।

  • प्रकाशित मिति : वैशाख १८, २०७८, शनिवार ११:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८