• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

अहिले सम्म १९ जिल्लामा निषेधाज्ञा जारी

  • खबरदाता

अहिले सम्म १९ जिल्लामा निषेधाज्ञा जारी

बैशाख १७,२०७८

कोरोनाको माहामारी तिब्र गतिमा बढेकापछी सरकारले १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा जिल्लाको अबस्था हेरि संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् ।

चितवनमा बैशाख १६ गतेबाट निषेधाज्ञा गरिएको हो ।बाँकेमा वैशाख १३ बाट र सुर्खेतमा १४ गतेबाट अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा जारी छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा, कञ्चनपुर र रुपन्देहीमा पनि बैशाख १६ बाटनै जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । यत कास्कीमा १५ गतेबाट शुरु भएको निषेधाज्ञा जारी छ । दाङ र पाल्पामा पनि शुक्रबारबाट जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

झापा, सल्यान, रुकुम पश्चिम र डडेलधुराका प्रमुख जिल्ला अधिकारीले वैशाख १९ बाट लागू हुनेगरी निषेधाज्ञा सूचना गरेका छन् । वैशाख १७ मा रातको १२ बजेबाट लागू हुनेगरी सुनसरी जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । जाजरकोटमा १८ गतेबाट लागू हुनेगरी निषेधाज्ञा घोषणा भएको छ ।

बागलुङ, कालिकोट, दार्चुला र बर्दियामा भने जिल्ल भित्रको खास स्थान तोकेर निषेधाज्ञा लागू गरिएको छ । वैशाख ७ बाट बागलुङको बागलुङ नगरपालिका वडा नम्बर १२, १३, र १४ स्थित साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा घोषणा गरिएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका–११ स्थ्ति रेङगिलमा वैशाख १० बाट निषेधाज्ञा जारी छ । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका विभिन्न ठाउँमा वैशाख १३ बाट निषेधाज्ञा जारी छ । बर्दियाको भुरीगाउँ, राजापुर र बढैयाताल गाउँपालिकामा पनि निषेधाज्ञा जारी छ । दार्चुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिकाको विभिन्न भागमा वैशाख १६ बाट निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख १७, २०७८, शुक्रवार १५:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८