चितवनमा थप ५६ जना संक्रमीत

  • खबरदाता
  • बैशाख १७, २०७८

बैशाख १७,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका १६ पुरुष र ३५ महिला गरि ५१ जना रहेका छन । यस्तै रत्ननगरका २ महिला र १ पुरुष ,खैरहनिका १ पुरुष र राप्तीका १ पुरुष र १ महिला रहेका छन ।

गैंडाकोटका २ महिला र ७ पुरुष कवासोतीका १ पुरुष ,देबचुलीका १ महिला र १ पुरुष र जनकपु र मुसिकोटका १र१ पुरुष पनि संक्रमीत भएका हुन ।

संक्रमितहरु ५ देखि ८३ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका १५२ नमूनाको बिहीवार गरिएको परिक्षणमा ८२ वटा नेगेटिभ र ७० नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८