• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कर्फ्युपछी दिल्लीमा एक साता लकडाउन

  • खबरदाता

कर्फ्युपछी दिल्लीमा एक साता लकडाउन

बैशाख ६,२०७८

भारतको राजधानी नयाँ दिल्लीमा सोमबार एक सताको लागी लकडाउन हुने भएको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सोमबार राति १० देखि लागु हुने गरि एक हप्ता सम्म दिल्ली सरकारले लकडाउन घोषणा गरेको हो।

यसअघि दिल्ली सरकारले सप्ताहन्त कर्फ्यू लगाएको थियो। कोरोना भाइरसको बढ्दो संक्रमणको जालोलाई तोड्न कर्फ्यू जारी गरिएको थियो। तर त्यसको पालना नगरिएपछि थप कडा नियमहरू लिनुपर्ने बताइएको छ।

अब दिल्लीका सबै निजी कार्यालयहरू घरबाटै सञ्चालन हुने छन । सरकारी कार्यालय तथा आवश्यक सेवाहरू खुला हुने समाचारमा उल्लेख गरिएको छ ।

आइतबारमात्रै दिल्लीमा २५ हजार ४ सय ६२ संक्रमित थपिएका थिए।

भारतमा आइतबारमात्रै २ लाख ७५ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने १ हजार ६ सय जनाले ज्यान गुमाएका थिए।

  • प्रकाशित मिति : वैशाख ६, २०७८, सोमवार ०७:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८