• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

भारतमा एकैदिन २ लाख ६० हजार संक्रमित, १४ सयको मृत्यु

  • खबरदाता

भारतमा एकैदिन २ लाख ६० हजार संक्रमित, १४ सयको मृत्यु

बैशाख ५,२०७८

भारतमा दिनदिनै कोरोनाभाइरसको संक्रमण तीब्र गतिमा संख्या बढ्दै गएको छ। पछिल्लो एकदिनमा २ लाख ६० हजार संक्रमित थपिएका छन्।

कोरोनाको दोस्रो लहर आएसँगै दैनिक थपिने संक्रमितको संख्याले नयाँ रेकर्ड रिकर्ड बनाइ रहेको छ । पाँच दिनदेखि लगातार दुई लाख संक्रमित थपिदै आएको भारतमा एकैदिन २ लाख ६० हजार ७७८ संक्रमित पुष्टि भएका छन्। यो शनिबारको तुलनामा ११ प्रतिशतले बृद्ध हो।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १९ पुगेको छ। त्यस्तै, कुल संक्रमितको संख्या १ करोड ४७ लाख ४२ हजार ४६१ पुगेको छ भने पछिल्लो २४ घन्टामा १ हजार ४९५ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी महाराष्ट्रमा ६७ हजार १२३ संक्रमित थपिएका छन्। त्यस्तै, दिल्लीमा १९ हजार ४८६, कर्नाटकमा १७ हजार ४८९, छत्तिसगढमा १६ हजार र केरलामा १३ हजार संक्रमित थपिएका छन्।

नेपालसँग सीमा जोडिएको बिहारमा ७ हजार ८७०, पश्चिम बंगालमा ७ हजार ७१३ र उत्तराखण्डमा २ हजार ७५७ संक्रमित थपिएका छन्।

  • प्रकाशित मिति : वैशाख ५, २०७८, आइतवार ०२:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८