• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवन लगायत सहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्न सिफारिस

  • खबरदाता

चितवन लगायत सहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्न सिफारिस

वैशाख ४,२०७८

शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ । सनिवार बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो।

बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । साथै सो बैठकमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेका सहरहरुको बारेमा समीक्षा गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्नको लागि भनेको हो। चितवन काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

बिधालय बन्द गर्नुपर्ने वा नपर्ने भन्ने अन्तिम निर्णय स्थानीय तहले गर्न पाउने भनिएको छ । यता चितवन लगायतका बिधालयहरुमा भने बिद्यार्थीको जानेको संख्या दिनदिनै कम भइरहेको छ । अधिकांस बिधालयका शिक्षक र विद्यार्थीलाई कोभिड पोजेटिभ भएका भन्ने खब आएका छन । तर पनि उनिहरु बिधालय बन्द गर्न तयार भइरहेका छैनन।

  • प्रकाशित मिति : वैशाख ४, २०७८, शनिवार १२:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८