वैशाख ४ ,२०७८
चितवन । सरकारी तथ्यांक अनुसार आज २२६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७५ हजार ३८ रहेको छ । यो ९७ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देश भर ५ हजार ३३३ जनाको पिसिआर परिक्षण गर्दा ७६८ र ६ सय ७१ जनाको एन्टिजेन परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ५ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ७५ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ५४५ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७४ छ ।
हालसम्म नेपालमा १९ लाख ५८३ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८