• कात्तिक ८, २०८३, आइतवार Sunday, 25 October, 2026

चितवनका १९ सहित ९ सय जना संक्रमित

  • खबरदाता

चितवनका १९ सहित ९ सय जना संक्रमित

बैशाख ३ ,२०७८

चितवन । सरकारी तथ्यांक अनुसार आज २०८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार ८१२ रहेको छ । यो ९७.१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जस मध्ये चितवनका १९ जना रहेका छन। योसंगै संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देश भर ३ हजार ५५३७ जनाको पिसिआर परिक्षण गर्दा ८३६ र ५६२१ जनाको एन्टिजेन परिक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ४ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ७० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७७ छ ।

  • प्रकाशित मिति : वैशाख ३, २०७८, शुक्रवार ११:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८