• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

सामसुङ–एनसेल सहकार्य

  • खबरदाता

सामसुङ–एनसेल सहकार्य

बैशाख  ३ ,२०७८
स्मार्टफोन ब्रान्ड सामसुङले नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बारफोन अर्थात् फिचर फोनलाई फोरजी चल्ने नयाँ स्मार्ट फोनसँग साट्न सक्ने योजना ल्याएको छ ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियानअन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउनेछन् ।

सामसुङका तर्फबाट ग्राहकले फोरजी चल्ने नयाँ स्मार्ट फोन पाउनेछन् । नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्‍याउने सामसुङको प्रतिबद्धताअनुरूप ल्याइएको हो ।

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको योजनाले नयाँ वर्ष ०७८ अवसरमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामुसङको छ ।

एक्सचेन्ज योजनामा ग्राहकले सामसुङ ग्यालेक्सी एम०१ कोर र ग्यालेक्सी एम०२ स्मार्ट फोन लिन सक्छन् ।

ग्यालेक्सी एम ०१ कोरमा १ जीबी र्‍याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम०२ मा ग्राहकले आफ्नो आवश्यकताअनुसार २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्‍यामर ३२ जीबी स्टोरेज क्षमता भएका दुई सेटमध्ये कुनै एक लिन सक्नेछन् ।

ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ, जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेट चलाउन सक्छन् ।

आफूसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन आधारभूत सर्त पूरा गर्नुपर्ने सामसुङले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख ३, २०७८, शुक्रवार ००:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८