• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवन लगायत १४ जिल्ला अति प्रभावित, विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

  • खबरदाता

चितवन लगायत १४ जिल्ला अति प्रभावित, विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

वैशाख २, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट अति प्रभावित जिल्लाहरुको विवरण सार्बजनिक गरेको छ ।संक्रमणका हिसाबले चितवन लगायत १४ जिल्ला रहेका छन। सो जिल्लामा संचालनमा रहेका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको समेत बताइएको छ ।

बिहीबार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्यसञ्‍चालन केन्द्र (एचईओसी) ले ८ बुँदे अपिल जारी गर्दै चितवन सहित काठमाडौं उपत्यकाका ३ लगायत १४ जिल्लामा विद्यालय, रात्रिकालीन व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिमलगायतका बढी भीडभाड हुने क्षेत्रमा सहभागी नभइदिन आग्रह समेत गरिएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ुस्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा ९काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङ  बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिनु हुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जना कोरोना संक्रमित थपिएका छन् ।

  • प्रकाशित मिति : वैशाख २, २०७८, बिहीवार १२:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८