• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

टोक्यो ओलम्पिकमा अन्य देशका दर्शक प्रवेश नपाउने

  • खबरदाता

टोक्यो ओलम्पिकमा अन्य देशका दर्शक प्रवेश नपाउने

चैत्र ८,२०७७

जापानले त्यहाँ यसै वर्ष हुने ओलम्पिक खेलकुदमा अन्य देशका दर्शकलाई प्रवेश नदिने भएको छ । २३ जुलाई देखि ओलम्पिक खेल हुने छ भने त्यसको एक महिना पछि पारा ओलम्पिक खेल हुने छ । जापान ओलम्पिक कमिटीले संसारमा कोरोना महामारी भएको तथा धेरै देशमा नयाँ भेरिएन्ट देखिएका कारण दर्शकलाई प्रवेश दिनु गलत भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले यो निर्णय कठिन तर आवश्यक भएको प्रतिक्रिया दिएका छन् । बेलायत ओलम्पिक कमिटीले यो आवश्यक भए पनि दुखद निर्णय भएको प्रतिक्रिया दिएको छ।

  • प्रकाशित मिति : चैत ८, २०७७, आइतवार ०२:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८