अक्सफोर्डको भ्याक्सिन पुनः वितरण सुरु

  • खबरदाता
  • चैत ०६, २०७७

चैत्र ६,२०७७

युरोपेली युनियनमा आबद्ध ठुला देशहरूले अक्सफोर्डको भ्याक्सिन पुन वितरण गर्न सुरु गरेका छन् ।

युरोपको नियामक संस्था युरोपेली मेडिकल एजेन्सी(इएमए)ले सुरक्षित भएको जनाए पछि जर्मनी,स्पेन,इटाली र फ्रान्सले फेरी भ्याक्सिन दिने काम सुरु गर्ने जनाएका हुन् । प्रयोग कर्तामा रगत जम्ने समस्या देखिएको भन्दै १३ देशमा यो भ्याक्सिन वितरण रोकिएपछि इएमएले फेरी यसको अध्ययन गर्दै रगत जम्ने समस्या र भ्याक्सिनको बिचमा कुनै सम्बन्ध नभएको ठहर भएको हो । विश्व स्वास्थ्य सङ्गठनले पनि यो सुरक्षित भएको जनाएको छ ।

धेरै देशमा तेस्रो लहर पनि देखिएका कारण महामारीबाट पार पाउन फेरी भ्याक्सिन वितरणलाई तीव्रता दिनुको विकल्प देखिएको छैन । तेस्रो लहरको सुरुमा फ्रान्समा देखिएको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:चैत ०६, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८