• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

एक डोजको भ्याक्सिनलाई अनुमति

  • खबरदाता

एक डोजको भ्याक्सिनलाई अनुमति

फागुन १६,२०७७

अमेरिकी नियामक संस्थाले एक डोजको कोरोना भ्याक्सिनलाई अनुमति प्रदान गरेको छ ।

यस अघि संसारमा प्रयोग हुँदै आएको कोरोना भ्याक्सिन दुई डोजको भए पनि जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिन एक डोज मात्र प्रदान गरिने छ । यो भ्याक्सिन समग्रमा ६६ प्रतिशत सङ्क्रमण रोक्न उपयोगी मानिए पनि गम्भीर बिरामी घटाउन धेरै उपयोगी ठहर भएका कारण अनुमति दिइएको हो ।

यो भ्याक्सिन उत्पादक कम्पनीले अमेरिकालाई जुनको अन्त्यसम्म १० करोड डोज प्रदान गर्ने छ । साथै बेलायत, युरोपेली युनियन र क्यानडामा पनि यसको अर्डर रहेको छ । साथै विश्व स्वास्थ्य सङ्गठनले गरिब देशलाई उपलब्ध गराउने कोभ्याक्स कार्यक्रम अन्तरगत ५० करोड डोजको अर्डर गरेको छ ।

यो भ्याक्सिनको अमेरिका, ब्राजिल र दक्षिण अफ्रिकामा भएको परीक्षणमा गम्भीर बिरामी रोक्न ८५ प्रतिशत उपयोगी पाइएको हो । साथै भ्याक्सिन दिएको २८ दिन पछि कुनै पनि मृत्यु नभएको जनाइएको छ ।

  • प्रकाशित मिति : फागुन १६, २०७७, आइतवार ०१:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८