• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

एक डोजको कोरोना भ्याक्सिनले यसै साता अनुमति पाउने

  • खवरदाता

एक डोजको कोरोना भ्याक्सिनले यसै साता अनुमति पाउने

फाल्गुण–१३, २०७७

यसै साता संसारकै पहिलो पटक एक डोजको कोरोना भ्याक्सिनले अनुमति पाउने भएको छ । अमेरिकी अनुगमन कर्ताले जोन्सन एन्ड जोन्सनले निर्माण गरेको भ्याक्सिनको एक डोजले नै सुरक्षा प्रदान गर्ने ठहर गरेको छ । रेफ्रिजेरेटरमा नै भण्डार गर्न सकिने भएका कारण यसलाई अझ बढी उपयोगी मानिएको छ । अमेरिकी नियामक संस्था खाद्य तथा औषधी प्रशासन (एफडीए)ले यो भ्याक्सिन सङ्क्रमण घटाउनका साथै गम्भीर लक्षणबाट मुक्त दिलाउन पनि उपयोगी भएको जनाएको छ ।

यो भ्याक्सिन अमेरिका, ब्राजिल र दक्षिण अफ्रिकामा परीक्षण भएको थियो । नयाँ भेरिएन्ट भएका स्थानमा सङ्क्रमण रोक्न कम प्रभावी मानिए पनि गम्भीर लक्षण हुन बाट यसले बचाउने देखिएको छ । यो भ्याक्सिन सङ्क्रमण रोक्न समग्रमा ६६ प्रतिशत उपयोगी देखिए पनि गम्भीर बिमारी हुनबाट रोक्नका लागि ८५ प्रतिशत प्रभावी पाइएको छ । साथै भ्याक्सिन वितरणको २८ दिनमा पूर्ण प्रभाव देखिने जनाइएको छ । भ्याक्सिन लगाउनेमा मृत्यु दर शून्य मानिएको छ ।

अर्को साता नै अमेरिकामा यसको ३० लाख डोज वितरण गरिने लक्ष्य राखिएको छ । साथै मार्चको अन्त्यसम्ममा कम्पनीले अमेरिकी सरकारलाई २ करोड तथा जुनको अन्त्यसम्म १० करोड डोज उपलब्ध गराउने जनाएको छ ।

  • प्रकाशित मिति : फागुन १३, २०७७, बिहीवार ०३:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८