• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

फोनमा चीनजान भएका पुरुषले पहिलो भेटमै गहना चोरेपछि…….

  • खबरदाता

फोनमा चीनजान भएका पुरुषले पहिलो भेटमै गहना चोरेपछि…….

 

माघ २९,२०७७

तनहुँकी ३९ वर्षीय महिला भरतपुर वस्दै आएका एक पुरुषसँग फोनमा कुराकानी हुन्छ । फोनमै चिनजान गरेका उनीहरुवीच भेट हुने निर्णय हुन्छ । पुरुषले आफू विशाल नाम बताउँदै भरतपुरमै मोटरसाइकल वर्कसप संचालन गरिरहेको र आफू त्यसको संचालक भन्दै ती महिलासँग नजिक भइरहे ।

अनेक लोभ लालच देखाएर ती महिलालाई चितवनमा घुम्न बोलाए । महिला पनि राजी भईन र माघ २४ गते चितवन आइपुगिन् । सोही दिन साँझ ६ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका १ पुल्चोकमा भेटभई ती पुरुषले आफ्नै अटोमा बिभिन्न ठाउँमा घुमाए । पछि आफ्नै घर नजिकै जाउँ भन्दै ती महिलालाई अटोमा चढाई केहि समय अटोमा घुमाए र अटोबाट भनपा ३ कमलनगर स्थित एकान्त स्थल ९चउर०मा लगेर झारे ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार ती व्यक्ति ३३ वर्षीय विकल क्षेत्री रहेको खुल्यो । त्यसपछि ती पुरुषले त्यही एकान्त ठाउँमा चक्कु देखाएर ज्यान लिने धम्की दिँदै कुटपिट समेत गरेर लछार पछार गरी कान र हातमा समेत चोट पुर्याए । महिलाले लगाएको सुनको झुम्का, सिक्रि, ब्रासलेट, २ वटा औंठी, हातमा लगाएको घडी , २ वटा मोवाइल र नगद रु १७,०००।– ९सत्र हजार० गरी जम्मा रु ५,६३२५०।– ९पाँच लाख त्रिसठ्ठी हजार दुइ सय पचास० रुपैया बराबरको धनमाल लुटि त्यहाँबाट फरार भए ।

एक महिला लुटिएको खवर राति ९ बजेतिर थाहा पाएर वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली खटीयो । ती महिलाको उद्दार गरी उपचारको लागि अस्पताल पठाइयो। अहिले ती महिलाको अवस्था सामान्य रहेको छ ।

अनुसन्धानकै क्रममा माघ २७ गते भरतपुर महानगरपालिका ३ बाह्रघरेमा लुकिछिपी बसेको अवस्थामा उक्त घटनामा संलग्न अभियुक्त ती क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल बाह्रघरेमा कोठामा बस्ने गरेको र उनको कोठाबाट ती महिलासँग लुटेर लगेको सुनको सिक्री १ ,घडी १,मोबाइल २, २ वटा औँठी फेला पारीएको थापाले बताए।

बाँकी धनमालको बारेमा बुझ्दा झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट भरतपुर महानगरपालिका ११ बस्ने बर्ष २९ का सन्तोष विश्वकर्मालाई विक्रि गरेको बताएपछि प्रहरीले विश्वकर्मालाई समेत तत्काल पक्राउ गरेको र माघ २७ गतेबाट लागु हुने गरि चितवन जिल्ला अदालतबाट हिरासतमा राखि अनुसन्धान गर्नको लागि ७ दिन म्याद प्राप्त भएको र थप अनुसन्धान कार्य जारी रहेको थापाले जानकारी दिए।

  • प्रकाशित मिति : माघ २९, २०७७, बिहीवार ०८:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८