• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

हत्या अनुसन्धानमा ढिला नगर्न साझा पार्टीको माग

  • खबरदाता

हत्या अनुसन्धानमा ढिला नगर्न साझा पार्टीको माग

माघ २५,२०७७

चितवन । बैतडीमा हत्या गरिएकि भागरथी भट्टको अनुसन्धानमा  ढिला नगर्न विवेकशील साझा पार्टीले माग गरेको छ ।

पार्टीका प्रबक्ता सरद राज पाठकले निकालेको बिज्ञप्तीमा बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको विभत्स अवस्थामा शव भेटिएको घटनाले विवेकशील साझा पार्टी मर्माहत भएको जनाएको छ ।साथै पीडित परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत किशोरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

उसले हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग विनम्र अनुरोध समेत गरेको छ ।

यसैक्रममा न्यायप्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा आफ्नो ऐक्यबद्धता रहेको जनाएको छ । तर यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्दै विवेकशील साझा पार्टीले सम्बन्धित अधिकारीहरूलाई सचेत गराएको छ ।

सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतस् असफल भएको भन्दै विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारवाहीलाई मिहीन ढङ्गबाट नियाल्न आग्रह गरेको छ ।

  • प्रकाशित मिति : माघ २५, २०७७, आइतवार १५:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८