राज्य, परिषद् र एन्फाकै सामु जीवनको महत्त्व छैन

  • माघ २५, २०७७

माघ २५,२०७७ । खबर मुलुक विशेष

नेपालमा कोभिडका कारण लामो समय ठप्प रहेको खेलकुद अहिले सक्रिय रहेको छ । यो सक्रियता माझ प्राय खेलका प्रशिक्षण सुरु भइसकेको छ भने धेरै खेलका प्रतियोगिता पनि आयोजना हुन थालेका छन् ।

तर, आश्चर्य के छ भने कुनै पनि प्रतियोगिताको आयोजना तथा प्रशिक्षणको दौरान कतै पनि सुरक्षा मापदण्ड अपनाइएको पाइएको छैन । यसका कारण केही ठुलो दुर्घटना त देखिएको छैन । तर, भएमा यसको जिम्मेवारी कसे लिने भन्ने प्रश्न अहिले उठ्न थालेको छ ।

कत्तिसम्म भने अहिलेको राजनीतिक घटनाक्रममा खेलाडीलाई यसरी प्रयोग गर्न थालियो की कुनै समय पञ्चायत काललाई बिर्साउने घटना अहिले भएको छ । त्यसो त पञ्चायत कालमा दशरथ रङ्गशालामा फुटबल भइरहँदा भएको दुर्घटनामा धेरैको ज्यान गए पछि तत्कालीन शिक्षा मन्त्री केशर बहादुर विष्टले राजीनामा दिएको क्षण अहिले पनि धेरैलाई ताजै छ । अहिले त्यो हिम्मतको कल्पना त हामी गर्न सक्दैनौ ,व्यक्तिको जीवन माथिको खेलबाडको सीमा पनि नाघेको छ ।

केही दिन अघि प्रधानमन्त्रीसँग खेलकर्मी नामक एक कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा खेलाडीको कुरा सुन्ने भन्दा पनि सबै खेलाडीलाई सरकारप्रति आशक्ति भाव जगाउने नियत प्रस्ट देखिन्थ्यो ।

त्यसो त यस पछिका कार्यक्रममा पनि सत्ता पक्षको दुरुपयोग लगातार भइरहेको छ । शक्तिको आडमा मान्छे भित्र्याउने क्रममा राष्ट्रिय खेलकुद परिषद् नै लागेको छ ।

यो त भयो सरकारी गतिविधि र राखेपका कुरा । यस बिचमा अहिले नेपाल फुटबल सङ्घको हालत त्यसतै छ । न पिसीआर टेस्ट , न सामाजिक दूरी । नत होटेलका सही व्यवस्थापन । यस बिचमा महिला राष्ट्रिय लिग जारी रहेको छ । यत्ति मात्र होइन, बी डिभिजन लिगमा एउटा विवाद देखियो । स्थगित वि डिभिजन फेरी एन्फाले सुचारु गर्ने भयो । क्लबहरुले चाहेर मात्र भएन । खेलाडीहरूले आनाकानी गरे । यस आनाकानीका बिचमा एन्फाले सूचना जारी गरेर सबै खेलाडी क्लबको सम्पर्कमा आउन उर्दी जारी गरेको छ ।

एन्फाका पूर्व अध्यक्ष गणेश थापाले भने व्यक्तिको जीवनको महत्त्व बढी भएको भन्दै यस विषम परिस्थितिमा अनिवार्य गर्न नहुने आशयको फेसबुक स्ट्याटस राखे । यो एन्फाको उर्दी र थापाको स्ट्याटसले के प्रमाणित गरेको छ भने वर्तमान एन्फा व्यक्तिको जीवनमा कुनै चासो राख्दैन । उनीहरूलाई प्रतियोगिता आयोजना गरेर औपचारिकता पुरा गर्नु मात्र छ ।

त्यसो त एन्फाले दर्शकको उपस्थिति विना पनि फुटबल प्रतियोगिता आयोजना गर्न सक्थ्यो । हजारौँ दर्शकको उपस्थिति । बस्ने होटेलको अनिश्चितता । नत टेस्ट , नत क्वारेनटाइन । वर्तमान खेलकुदको यही अवस्थालाई हेरेर एक समीक्षकले खेलकुदको विकास र जीवनको सुरक्षा दुवैको सवालमा राज्य असफल र राज्यको कुनै चासो नरहेको प्रतिक्रिया दिए ।

यसै क्रममा यसैको अनुसरण गर्दै फुटबल सङ्घ पनि अघि बढेको छ । यो फुटबल सङ्घलाई पनि नत फुटबलको मतलब छ नत जीवनको । होइन भने प्रतियोगितालाई व्यवस्थित गर्न नखोजी प्रतियोगिता आयोजना गर्नु गलत नै हो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८