• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

स्टार क्रिक्रेटः सुन्तलीको सामु धुर्मुस निरीह !

  • खबरदाता

स्टार क्रिक्रेटः सुन्तलीको सामु धुर्मुस निरीह !

चितवन, माघ २४ । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आज भएको स्टार क्रिकेट २०२१ को उपाधी सुन्तलीको टिम ए ले हात पारेको छ ।

सुन्तली एले धुर्मुस ए लाई ९७ रनको तार्केट दिएकोमा धुर्मुस ए ले जम्मा ९५ रन बनाउन सकेको थियो । १ रनले जित हासिल सँगै विजेता टिमले ५ लाख रुपैया पुरस्कार प्राप्त गरेको छ ।

देशका चर्चित कलाकार र खेलाडीबीच भएको प्रतियोगितामा ४ टिमको सहभागीता रहेको थियो । रंगशाला निर्माणका लागि बजेट अभाव भएपछि फाउण्डेशनले सहयोगका लागि अपील गरेको छ कति पय घोषित रकम समेत नपाएको भन्दै निर्माणकार्यलाई गति दिन कठिन भइरहेको फाउण्डेशनले जनाएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले ब्याटिड्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर खेलको उद्घाटन गरिएको थियो ।

गृष्मा ब्रोडकास्टिङले उक्त खेल आयोजना गरेको हो । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

४० भन्दा बढी सेलेब्रेटी उपस्थित भएको प्रतियोगिताबाट संकलित रकम रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरिनेछ । प्रतियोगितामा कलाकार सुनिल थापा, गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, प्रकाश सपुत, सुरक्षा पन्त, दीपक विष्ट, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मिस नेपाल वर्ल्ड २०१८ शृखंला खतिवडा, दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, रवि ओड लगायतका कलाकार तथा खेलाडीहरुको सहभागीता थियो ।

  • प्रकाशित मिति : माघ २४, २०७७, शनिवार १२:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८