• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

गैँडाकोट व्याटमिन्टन क्लवको अध्यक्षमा धनीराम महतो

  • खबरदाता

गैँडाकोट व्याटमिन्टन क्लवको अध्यक्षमा धनीराम महतो

माघ २४, २०७७
नवलपुर । गैँडाकोट व्याटमिन्टन क्लवको अध्यक्षमा धनीराम महतो चयन भएका छन् ।

क्लवको आज सम्पन्न पहिलो अधिवेशनले उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा राजेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ र सहसचिवमा वसन्त कुमार श्रेष्ठलाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा प्रकाश कुमार श्रेष्ठ, खुमनाथ पौडेल, कृष्ण प्रसाद आचार्य, दया सापकोटा, करुण धिताल र चक्रपाणी कडेँल रहेको स्थानीय लुकुश धितालले जानकारी दिए ।

त्यस्तै लेखा समितिको संयोजकमा नारायण प्रसाद कडेँल र सदस्यहरुमा राजन गिरी, प्रेम सापकोटा छन् । ११ सदस्यीय नयाँ कार्यसमितिले २ वर्ष काम गर्नेछ ।

साधारण सभामा लेखा संयोजक नारायण प्रसाद कडेँलले आर्थिक प्रतिवेदन र धनीराम महतोले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

क्लवले व्याटमिन्टनका खेलाडीहरु उत्पादन गर्ने देखि विद्यार्थीहरुलाई यसतर्फ आकर्षित गराउने कार्यक्रम ल्याउने महतोले बताए । त्यस्तै खेलको माध्यमबाट दुव्र्यसनीमा लागेका युवाहरुलाई सही बाटोमा ल्याउने गरी काम गर्ने नयाँ समितिले योजना बनाएको छ ।

  • प्रकाशित मिति : माघ २४, २०७७, शनिवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८