• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

आज ३२२१ परिक्षणमा १५७ जना संक्रमित थपिए

  • खवरदाता

आज ३२२१ परिक्षणमा १५७ जना संक्रमित थपिए

माघ–१६, २०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३३३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ रहेको छ । यो ९८.१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३२२१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

चितवनमा आज संक्रमित देखा परेनन भने काठमाडौं उपत्यकामा ८२ जना संक्रमित थपिए । देशमा थप ५ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार २५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३ हजार २२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या १११ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १४७ र भेन्टिलेटरमा २७ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने कालीकोट ,रुकुम पश्चिम् र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

  • प्रकाशित मिति : माघ १६, २०७७, शुक्रवार ११:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८