• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहयो

  • खबरदाता

आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहयो

 

माघ–१५,२०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज २९६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६५ हजार ३६५ रहेको छ । यो ९८.१ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३७९१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

आज चितवनमा १० र काठमाडौं उपत्यकामा १२३ जना संक्रमित थपिए । आज कोरोनाबाट देशमा कसैको पनि ज्यान गएन। मृतकको कुल संख्या १९८६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३ हजार २०३ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ११३ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १४६ र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन भने कालीकोट ,रुकुम पश्चिम् र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

  • प्रकाशित मिति : माघ १५, २०७७, बिहीवार ११:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८