माघ १४, २०७७
चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाले भरतपुर महानगरबाट चार करोड रुपैया पाएको छ ।
क्रिक्रेट रंगशालाको निर्माणमा हरेक क्षेत्रबाट सहयोग गर्दै आएको महानगरले पटक पटक गरेर फाउण्डेशनलाई सहयोग गरिरहेको छ ।
बुधवार एक कार्यक्रमका वीच महानगरले धुर्मुश सुन्तली फाउण्डेशनलाई चार करोडको चेक हस्तान्तरण गरेको हो ।
भरतपुर महानगरपालिका १५ मा निर्माण भइरहेको रंगशालाको काम अगाडि बढाउन यसअघि पनि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ ।
बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि सहयोग गरेको बताइन् ।
चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत जोशीले भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा लिइएको रंगशाला निजी क्षेत्रको समेत सहयोगमा निर्माण सम्पन्न गरिने बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८