• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

चितवनमा कोरोना हतियारको पहिलो डोज ११ बजेर ३१ मिनेटमा


चितवनमा कोरोना हतियारको पहिलो डोज ११ बजेर ३१ मिनेटमा

महामारी भित्रिएको १ वर्ष पुरा हुँदा हुँदै कोरोना विरुद्धको खोप भित्रिनु सकारात्मक कुरा हो । तर सरकारले सहयोगमा मात्रै अपेक्षा नगरेर आफै खरिद गरी ल्याएर भएपनि सवै जनतालाई खोप लगाउने कर्तव्यबाट पछि हट्नु हुँदैन । साथै कोभिड १९ को महामारी देखि अहिलेसम्म सवैभन्दा अग्रभागमा रहेर सूचना सम्प्रेषण गर्ने पत्रकाराहरुलाई भने सरकारले पहिलो चरणको प्राथमिकताबाट बन्चित गराउनु पटक्कै सुहाउने कुरो होइन ।

केपी शर्मा–माघ १४, २०७७
चितवन । चितवनमा कोरोना भाइरसविरुद्धको हतियारको रुपमा लिइएको कोभिसिल्ड खोप पहिलो पटक लगाइएको छ ।
बुधवार विहान ११ बजेर ३१ मिनेट जाँदा भरतपुर अस्पतालको विरामी कुरुवाको नयाँ भवनमा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा जगन्नाथ तिवारीले खोपको पहिलो डोज लगाएर शुभारम्भ गरेका हुन् ।

No description available.
उनले खोपको बारेमा बजारमा आएका विभिन्न राम्रा नराम्रा हल्लाहरुका वीचमा आफूले नै पहिलो खोप लगाएर सुरु गरेको बताए । उनले भने,“मैले लगाइसेकपछि पछि लगाउनेहरुलाई विश्वासको वातावरण बन्ने अनुमान गरेको छु ।”
यस्तै चितवनकै अर्को खोप केन्द्र रत्ननगरमा रहेको बकुल्लहर अस्पतालमा पनि खोप लगाउन सुरु गरिएको छ । उक्त केन्द्रमा महिला स्वास्थ्य स्वयम्सेविका ६८ वर्षीय इश्वरीदेवी वस्नेतलाइ पहिलो खोप लगाएर सुरुवात गरिएको मेडिकल सुपरीटेण्डेन डा विश्ववन्धु वगालेले जानकारी दिए । उनले भने,“मैले नै पहिलो खोप लगाउने विचार गरेको थिएँ तर धेरै अग्रभागमा खटिएर काम गरेको र धेरै पुरानो भएकाले उहाँलाई पहिलो खोप लगाएर सुरु गर्यौँ । यसले समाजमा राम्रो सन्देश जाने अपेक्षा लिएको छु ।”

No description available.
त्यस्तै जिल्लाको अर्को खोप केन्द्र बघौडा अस्पताल माडीमा पनि आज नै खोप लगाउन सुरु गरिएको छ । अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेन डा. रञ्जु सिँहले खोपको पहिलो डोज लगाएर शुभारम्भ गरेकी हुन् । दिउसो १ बजेसम्ममा सो अस्पतालमा ३० जनाले खोप लगाइसकेका छन् । उक्त अस्पतालमा पहिलो चरणमा १५० जनालाइ खोप लगाउने योजना रहेको छ ।

भरतुरमा भएको खोप लगाउने कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले करिव करिव १ वर्षभित्रमै कोरोना विरुद्धको हतियारका रुपमा खोप भित्रिनु महत्वपूर्ण सफलता रहेको बताए । उनले भने,“अन्तराष्ट्रमा कोभिडको हल्ला चलिहेकै बेला माघ १६ गते हाम्रो अस्पतालका साथीहरुको सहयोगमा नमस्ते अभियान चलाएका थियौँ । त्यसको ठिक एक वर्षमा हामीले खोप नै प्राप्त गर्यौँ ।”

No description available.
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार ३ वटा खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो । भरतपुर अस्पताल, रत्ननगरको बकुल्लहर अस्पताल र माडीको बघौडा अस्पतालबाट जिल्लाभर कुल ६ हजार २ सय जनालाई खोप दिने तयारी चितवनको रहेको छ ।
भतरपुरमा मात्रै संघीय मातहतको भरतपुर अस्पतालको केन्द्रबाट ४ हजार ५ सय जनालाई खोप लगाउने तयारी छ । जिल्लामा अहिले ४ हजार २ सय डोज खोप आएको र छ प्रतिशत खेर जाने अनुमान गरिएको उनले बताए।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी,एम्वुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

  • प्रकाशित मिति : माघ १४, २०७७, बुधवार ०७:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८