• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

चितवन लगायत देशैभर आजबाट खोप अभियान

  • खबरदाता

चितवन लगायत देशैभर आजबाट खोप अभियान

 

आजबाट बिहान १० बजे एकै पटक सातै प्रदेशमा शुरु हुने कोरोना खोप ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ ।

माघ १४,२०७७

चितवन ।कोरोना भाइरस संक्रमण शुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्धको खोप अभियान सरकारले आज बुधवारबाट सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ।

सातै प्रदेशमा खोप पुगिसकेको सरकारले जनाएको छ।चितवनमा पनि आज बिहान १० बजेबाट कोरोना बिरुद्धको खोप अभियान शुरु हुने जनाइएको छ ।चितवन जिल्लाका ३ स्थानबाट खोप लगाउन सकिने जन स्वस्थ कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जनाएका छन।
भरतपुरस्थिति सरकारि अस्पताल ,रत्ननगरको बकुलहर अस्पताल र माडिको बगौडा अस्पतालबाट खोप लगाइने छ ।
खोप लगाए पछी देखिन सक्ने सम्भाबित असर सहजिकरण गर्नको लागि सरकारि अस्पतालका डा.युवा निधि बसौला , बकुलहरमा डा. राम्चन्द्र श्रेष्ठ र बगौठा अस्पतालमा डा. रन्जु सिंहको संयोजकत्वोमा समिति समेत गठन गरिएको छ ।
पहिलो चरणमा चितवनलाई ४ हजार १ सय डास खोप प्राप्त भएको छ ।तिवारीका अनुसार प्रहिलो चरणमा स्वास्थकर्मी , शब ब्य बस्थापनमा खटिने सुरक्षाकर्मी ,महिला स्वास्थ्य स्वयमसेबिका र एम्बुलेन्स चालकलाई लगाइए छ ।

यता सरकारले ढुक्क सग खोप लगाउन सबैलाई आग्रह गरेको छ । ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य असर देखा पर्न सक्छ। जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन सक्छ। खोप लगाएको ठाउँमा दुख्न सक्छ. डाबर देखिन सक्छ। ती असर केही समयपछि आफैं हराएर जाने हुन्छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव एवं कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘कतिपय अवस्थामा यदाकदा औषधि पनि आवश्यक देखिन सक्छ। केही असर देखिए पनि आत्तिनु पर्दैन।’

परिषद्ले खोप भण्डारण, ढुवानी, खोप लगाउँदा र लगाइसकेपछिको प्रभावबारे निर्देशिका बनाएर अनुसन्धान गर्दै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ अस्पताल र १ सयभन्दा बढी खोप केन्द्रमा खोप लगाइने जनाएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमले बुधबार ६५ भन्दा बढी जिल्लामा एकसाथ खोप लगाउन थालिने बताए। मुलुकभर ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखी सातवटै प्रदेशमा खोप ढुवानी भइसकेको डा। गौतमले बताए। काठमाडौंमा सरकारी र निजी गरी ११ वटा ठूला अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ।

 

  • प्रकाशित मिति : माघ १४, २०७७, बुधवार ०१:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८