• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

बुधवार वाट कोरोना विरुद्धको खोप सुरु


बुधवार वाट कोरोना विरुद्धको खोप सुरु

माघ–११, २०७७

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान आगामी बुधवार वाट सुरु गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ माघ बिहान १० बजे कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफलमा देशभर एकै पटक सुरु हुने जनाएको छ । सम्भव नभएका स्थानमा १८ माघभित्र खोप लगाइने मन्त्रालयले योजना बनाएको छ ।

सुरुमा फ्रन्टलाइनमा रहेर काम गर्ने व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिने छ । यसका लागि भारतले १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । अनुदानको खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

मन्त्रालयले आइतबार नै देशभरका सबै सात प्रदेशमा आवश्यक पर्ने खोप पुरÞ्याइसकेकोे जनाएको छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका सरकारले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

  • प्रकाशित मिति : माघ ११, २०७७, आइतवार १३:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८