• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

नेपालमा मृत्युहुनेको संख्या २ हजार नाघ्यो

  • खवरदाता

नेपालमा मृत्युहुनेको संख्या २ हजार नाघ्यो

माघ–११, २०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४०३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६४ हजार १३७ रहेको छ । यो ९८ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ४४१३ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।

आज काठमाडौं उपत्यकामा १३३ जना संक्रमित थपिए । देशमा थप ७ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार १ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३ हजार ३१२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या १४५ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १३९ र भेन्टिलेटरमा २३ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर ,कालीकोट ,रुकुम पश्चिम् र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

  • प्रकाशित मिति : माघ ११, २०७७, आइतवार ११:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८