• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

कुख्यात तस्कर नेदरल्यान्डमा पक्राउ

  • खबरदाता

कुख्यात तस्कर नेदरल्यान्डमा पक्राउ

माघ ११,२०७७

नेदरल्यान्डमा कुख्यात लागुऔषध सेचीलपलाई गिरफ्तारी गरिएको छ । उनलाई आर्मस्ड्रमबाट गिरफ्तार गरिएको त्यहाको प्रहरीले जनाएको छ ।

अस्ट्रेलियाको प्रहरीले वारेन्ट जारी गरेको लगत्तै लपलाई गिरफ्तार गरिएको हो । चीनमा जन्मिएका क्यानडाका नागरिक उनको प्रभाव क्षेत्र एसियामा मात्र ७९ अर्ब डलर भन्दा बढीको कारोबार रहेको छ ।

अस्ट्रेलिया सरकारले उनको मातहतमा ७० प्रतिशत लागु औषध भित्रने गरेको जनाएको छ । मेक्सिकोका यस्तै कुख्यात लागु औषध कारोबारी लर्ड जाक्वीनसंग उनको तुलना हुने गरेको छ ।

सन् २०१९ मा जारी गरिएको वारेन्ट नोटिसमा लपको नाम उल्लेख नभए पनि इन्टरपोलसँग सहकार्य गर्दै नेदरल्यान्ड प्रहरी सक्रिय रहेको थियो । मकाउ र ताइवान लगायत पूर्वी एसियाली क्षेत्रमा धेरै रहने उनी सन् १९९० को दशकमा अमेरिकामा कारोबार गर्ने क्रममा पक्राउ परे पछि नौ वर्ष जेल जीवन बिताएका थिए ।

  • प्रकाशित मिति : माघ ११, २०७७, आइतवार ०२:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८