माघ–१०, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३८६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६३ हजार ७३४ रहेको छ । यो ९७.९ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३५४१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।
आज चितवनमा ६ र काठमाडौं उपत्यकामा १०९ जना संक्रमित थपिए । देशमा थप ८ जनाले ज्यान गुमाउँदा कुल संख्या १९९४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३ हजार ४५२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या १४७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १५४ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर ,कालीकोट ,रुकुम पश्चिम् र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८